काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ को श्री बुद्ध हिमालय माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरु संस्था बुद्ध हिमालय एलुम्नाई एशोसियसनको बिशेष साधारणसभा बैशाख २ गते शनिबार काठमाडौ बानेश्वर स्थित धन्यवाद पार्टी प्यालेसमा हुने भएको छ ।

२०७३ सालमा राजु चौलागाईंको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति हुने गरि स्थापना गरिएको यस संस्थाले २०७४ सालमा बिधान संसोधन गरि शेरफ योन्जनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सहित पुनः कार्यसमिति गठन गरिएको थियो । श्री बुद्ध हिमालय मा.वि. माझीफेदामा अध्ययनपछि विभिन्न ठाउँ र पेशामा आबद्ध भै छरिएर रहेका विद्यार्थीहरुलाई एक ठाउँमा जोड्ने र विभिन्न सामाजिक हितको कार्यमा एकजुट हुने हेतुले स्थापित संस्थामा हाल सम्म करिब ३०० जनाले आजीवन सदस्य लिईसकेको र अन्य विद्यार्थीहरु पनि आजीवन सदस्य लिने क्रममा रहेका छन् ।

संस्थाले त्यति धेरै उल्लेख्य सामाजिक कार्य नगरेता पनि केहि सामाजिक कार्य जस्तै रक्तदान, सफाईका कार्यक्रम, शैक्षिक सामग्री वितरण लगायत अन्य विविध कार्यक्रम भने आवश्य गरेको संस्थाका अध्यक्ष शेरफ योन्जनले बताएका छन् । उनले बिचका बर्षहरुमा कोरोना एवं अन्य विभिन्न कारणले संस्थाको नियमित कार्यक्रम एवं साधारणसभा नभएको र अब बन्ने नयाँ समितिले आगामी दिनहरु विविध सामाजिक कार्य गर्दै अघि बढ्ने समेत बताएका छन् ।
नयाँ बर्षको शुरूवात सङ्गै हुन गइरहेको शुभकामना आदानप्रदान एवं बिशेष साधारणसभा कार्यक्रममा उपस्थितिको लागि सबैमा संस्थाका तर्फबाट अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..