काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्वर-१० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको एसकेजीका विद्यार्थीहरुको दिक्षान्त गरिएको छ ।

विद्यालयको ९ औ दिक्षान्त समारोहको अवसर पारी एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा शिक्षाविद् मोहन दुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुवालले बालबालिकाहरुलाई दिने शिक्षा र संस्कारले मुलुकको चित्रण गर्ने बताए । उनले बालबालिकाहरुले आज के सिकिरहेका छन् भन्ने कुराको परिणाम मुलुकले कस्ता नागरिक उत्पादन गरिरहेको छ ? बालबालिकाहरुले गर्ने ब्यवहार र लिने नीतिमा भर पर्ने बताए । दुवालले भने–‘मुलुक चिनाउने शिक्षालाई नैतिकवान, चरित्रवान, मुलुक सुहाउँदो र ब्यवहारीक बनाउन आवश्यक छ ।’

 

दिक्षित भएका बालबालिकाहरुले आफ्नै मौलिक भाषामा सिकेका विषय र ज्ञानलाई कुशल र सक्षम तरिकाले प्रस्तुत गरेका थिए । नेवारी, तामाङ, अंग्रेजी, नेपाली तथा अन्य भाषाहरुमा बालबालिकाहरुले आफुलाई अभ्यस्त बनाउँदै आगामी दिनमा प्राप्त शिक्षाबाट लिने उदेश्यका बारेमा बताएका थिए ।

कार्यक्रममा अध्यक्ष रत्नकुश रञ्जितकारले विद्यालयले प्रदान गरेको शिक्षा ब्यवहारिक र अनुशासित रहेको बताए । पाठ्यक्रममा भएका विषयलाई मात्रै नभई ब्यवहारीक र पारिवारीक संस्कार सहितको सांस्कृतिक, नैतिकवान शिक्षा प्रदान गरिएको उनले बताए ।

६१ जना बालबालिकाहरुलाई दिक्षित गराईएको कार्यक्रममा एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..