नेपाली लोकगीत संगीतको क्षेत्रमा गीतसंगीतहरू विभिन्न विधा तथा धर्म संस्कृति अनुसार एकपछि अर्को गर्दै बजारमा आउने गरेको पाइन्छ । मानिसको इच्छा र भावनाअनुसार गीत संगीतलाई जस्तोसुकै धर्म तथा संस्कृति झल्काउने बनाउन र गाउन सकिन्छ । यसले गर्दा नेपाली समाजमा सकारात्मक सन्देश तथा कुनै पनि विधामा रहेर सिर्जना तथा संगीतको उत्पादन गर्न उत्तम मानिन्छ । यसै सिलसिलामा लोक भजन दोहोरी गीत राधाकृष्ण सार्वजनिक भएको छ ।
यो गितले कुनै पनि प्रेमी प्रेमिकालाई राधाकृष्णको रुपमा सिर्जना गर्न प्रेरित गरेको देखिन्छ । कमल दाहाल र रामहरि न्यौपानेको मन छुने शब्द सिर्जना भित्र कमल दाहाल, रामहरी न्यौपाने, सरु गौतम र सावित्री राणा मगरको सुमधुर आवाजमा सजिएको उक्त गीतले बजारमा चर्चा बटुल्दै गरेको देखिन्छ । सुरेश काफ्लेको म्युजिक भिडियो निर्देशन र छायांकनमा निर्माण भएको सो म्युजिक भिडियोमा समिर सुवेदी र एलिना थपलियाको धमकेदार अभिनय देख्न सकिन्छ ।
हेर्नुस भिडियो