भर्खरै तामाङ भाषामा रहेको तामाङ प्रेमगित मायाला अर्थ म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा आएको छ । माया बिना मायाको अर्थ र औकात नहुने भावलाई आधार बनाएर तयार पारेको गित मायाला अर्थको शब्द संगित बिशाल काल्तानको रहेको छ ।
स्वर पनि स्वंय गायक बिशाल काल्तानको रहेको यस गितमा बिशाल काल्तानलाई स्वरमा साथ दिएकि छिन अहिलेका एकदम नै तामाङ समुदायका चर्चित गायिका जितु लोप्चनले ।
यस गितको एरेन्ज चांद सिं ले गरेका छन भने यस गितलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन ।
गितको अडियो जति राम्रो बनेको छ त्यतिकै राम्रो म्युजिक भिडियो पनि बनेको छ । युवा निर्देशक एबं क्यामेरम्यान बिवेक लामाको निर्देशन र छयांकन रहेको यस भिडियोमा युवा मोडल द्वय प्रदिप मोक्तान र याङ्कि दोङको लोभलाग्दो अभिनय रहेको छ ।
मोडल प्रदिप मोक्तानको यो भन्दा आगडिको म्युजिक भिडियोमा भन्दा यो गितको भिडियोमा एकदम नै फरक अनि सशक्त अभिनय हामिले हेर्न सक्नेछ ।
भिडियो एकदम नै राम्रो बन्नुका साथै भिडियो भित्र दर्शक स्रोतालाई कौतुहलता अनि उत्सुकता हुने खालको कथा रहेको छ ।
गितलाई पर्वाति स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएका छन ।। https://youtu.be/63aei45dCrs