काभ्रे । “सफल जीवनका लागि अनुशासन र स्वास्थ्य, स्वास्थ्यको लागी खेलकुद र अनुशासन” भन्ने मुल नाराका साथ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस-२०८० प्रतियोगिता गर्ने भएको छ ।

असार २ गते शनिबार बिहान ६ बजेदेखि रोडरेस सुरु हुने र रोडरेसमा छात्रा/छात्र दुबै विधा समावेश गरिएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैधले जानकारी दिए । उनले छात्राहरुको लागि रोडरेस ३ किलोमिटरको छ भने छात्रको ७.५ किलोमिटरको हुने जनाए ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाइ ३० हजार, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा सहभागी हुन २०७९ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको संकल प्रति वा प्रधानाध्यापकद्धारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्ने ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानका प्रबन्धक प्रताप बैद्दले जानकारी दिए । उनका अनुसार नाम दर्ता मिति २०८० जेठ ३२ गतेभित्र दर्ता गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु र एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि तेस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको बताएको छ । प्रतिष्ठान खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउँछ भन्ने कुरामा ढुक्क रहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..