होमप्रसाद चौंलागाँईं
टिकाबल्लब सापकोटा एक बहुआयामिक ब्यक्तित्वको नाम हो । वि.सं. २०१२ साल असार ३० गते रबिओपी गाउँ विकास समिति वडा नं. ३ (हालको धुलिखेल नगरपालिका वडा नं. २) को माझथुम्कामा जन्मिएका टिकाबल्लब सापकोटा बामपन्थी आन्दोलनको एक मुद्र्धन्य व्यक्तिको नाम हो । नेकपा एमाले रबिओपी तथा अनैकोटका संस्थापक सचिवदेखि विभिन्न जिम्मेवारी दृढतापूर्वक सम्हाल्दै आउनु भएको सापकोटाले तत्कालिन १२ नं. इलाका कमिटीको सचिव, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य, पाटीर्् लेखा आयोग काभ्रेको अध्यक्ष, पार्टीको केन्द्रिय सहकारी बिभाग सदस्य सहितको बिभिन्न जिम्मेवारी कुशलतापूर्वका सम्हाल्नु भएको थियो ।
सामाजिक तथा कृषिजन्य क्षेत्र अन्तर्गत बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षको भूमिकामा समेतमा आपूmलाई अब्बल बनाउन सफल रहनु भएको उहाँ नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा लामो समय काम गरी अवकास हुनु भएको र काभ्रेमा रहेको सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक अध्यक्षको जिम्मेवारी समेत समाल्नु भएको थियो । सहकारी क्षेत्रका अभियन्ता सापकोटा केन्यि दुग्ध सहकारी संघमा पनि लामै समय देखि विभिन्न पदिय जिम्मेवारीमा सक्रिय रुपमा रहँदै आउनु भएको थियो ।
स्थानीय स्तरमा किसानहरुको सुख दुःखका सारथी सापकोटाले रबिओपी स्थित आनै गाउँमा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको स्थापना गरेर २५ वर्षभन्दा वढी समय नेतृत्व प्रदान गर्नु भएको थियो ।
पिता मनोरथ सापकोटा र माता ईन्द्रछायाँ सापकोटाको २ छोरी र एक छोरा मध्येको माइलो शन्तानको रुपमा जन्मनु भएका सापकोटाको ३ छोरा र २ छोरीहरु रहेका छन् । यस विचमा उहाँको मिति २०८१ साल वैशाख ६ गते ६९ वर्षको उमेरमा दुःखद निधन हुन पुग्यो । दुःखको यस घडिमा उहाँप्रति जतिसुकै शब्द खर्चेर सम्झिएपनि त्यो पूर्ण र पर्याप्त हुन सक्दैन । श्रद्देय टिकाबल्लब सापकोटाको स्वर्गवास भएको आज १४ औं दिनको पुण्य तिथीमा हार्दिक श्रद्धाञ्जली, राष्ट्रिय युवा संघ नेपाल काभ्रेका अध्यक्ष ईश्वरबल्लब सापकोटा सहितको परिवार एवं आफन्तजनमा गहिरो समवेदना !

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly