अरबिन्द्र गौतम, पनौती
काभ्रे जिल्लाको पनौती नगरपालिकाको बिभिन्न क्षेत्रमा रोपेको धान धमाधम सुकेर पराल जस्तो देखिन थालेको छ । रोपाई गरेको एक महिना नपुग्दै धानमा देखिएको रोगका कारण कृषकहरुमा निरासा छाएको छ ।
धान सुकेर चिन्तित किसानहरुले बजारका विभिन्न पसलबाट खरिद गरेको धानको विउमै समस्या भएका कारण धान रोपेको एक महिनामै रोग देखिन थालेको हो । पनौती नगरपालीका वडा नं. २, ३, ५, ७, ९, १० र १२ मा धानमा खैरो फड्के किरा र सिड ब्लास्ट नामको रोग लागेर पनौती नगर भित्र करीब १४ सय रोपनीको धान खेत सुकेर पराल जस्तै देखिएको छ । धानको बिउ बाटै उक्त रोग देखिएको बताईएको छ । किसानहरुले प्रशस्त उत्पादनको आसमा विभिन्न जातका प्याकेटको धान रोपे पछि यो रोग करीब १ महिनामा देखा परेको किसानहरु बताउँछन् । प्याकेटको धानमा देखा पर्दै आएको रोगको कारण स्थानीय खुम्लचार, टाइचिन, मन्सुली धानमा पनी रोग सर्दै गएको देखिन्छ ।
कृषकहरुले धान डड्न थाले पछि विषादी प्रयोग गरे पनि काम नलागेको र एक महिना नपुग्दै डडेर खेत खाली हुन थालेको र आफ्नो ५ रोपनी खेतमा लगाएको धान पुरै सुकेर गएको पनौतीकी कोपिला महत बताउछिन् ।
लाईजस्तो उड्ने किरा धानको गाभामा बसिरहने गरेको र त्यसलाई हटाउन धान गोडे पनि सम्भव नभएको र धानको बोटमा बसेर किराले खाईरहेकाले विषादी प्रयोग गरे पनि काम नगरेको र आफुले उत्पादनमा बृद्धि हुने आसले विगत ४ वर्ष देखी विभिन्न जातका धनको विउ रोपेकोमा यसपालीको धानको बिउमा रोग देखा परेको कृषक कृष्ण प्रसाद कोइराला बताउछन् ।
पनौती नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पनौती नगर भित्र लगाईएको धानमा समस्या देखिएकाले विषादी वितरण गरी प्राविधिकहरु खटाई रहेको बताए । अधिकांश धानमा लाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाने गरेकाले धान रोपाई गरेको एक महिना नपुग्दै डडेको जस्तो देखिएको बताए ।
पनौती नगरपालीकाले धानमा देखा परेको रोगको ल्याब परिक्षण प्राविधिक खटाएहरु करिब १४ सय रोपनीका किसानहरुलाई बिषाधी उलब्ध गराउदै आएको छ । किसानहरुमा देखा परेको समस्यालाई नगरपालीकाले बिगतदेखीनै समाधान गर्दै आएको र यस वर्ष धनमा देखा परेको नयाँ रोगको लागी बजेट नभए पनी विभिन्न शिर्षकको बजेटमा किसानहरुको समस्या समाधान गरेको उप प्रमुख गिता बन्जारा बताउ छिन् । यो समस्या हल गर्न पनौती नगरपालिका र सरोकारवालाहरुले किसानलाई साथ दिनु आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..