

यो गीतको शब्द रचना तथा संगीत ज्योति प्रकाशले गरेका छन् । उनको शब्द जस्तै संगीत पनि कर्णप्रिय बनेको छ । गीतको भिडियोलाई कन्हैयासिंहकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।यो गीतको भिडियो छायाँकन भने अमेरिकाको न्योयर्कका विभिन्न स्थालनमा गरिएको छ । अमेरिकाबाटै गीतको भिडियो तयार गरेर दर्शकमाझ ल्याईएको हो । भिडियो निकै आकर्षक बनेको छ ।

पछिल्लो समय निकै नै ब्यस्त संगीतकार जोतिप्रकाशको संगीतमा मेलिना सोताङ, उदय सोताङ मिलन अमात्य, रामकृष्ण ढकाल लगायत देशका ख्याती प्राप्त गायक गाईकाले स्वर दिई सकेका छन् ।




यो गीतको भिडियोमा माया–प्रेम, मिलन–विछोडलाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा कलाकार तथा मोडल अपेक्षा सिंह, रुडी शर्मा र रमेश आचार्यको सशक्त अभिनय छ । यस अघि थुप्रै म्युजिक भिडियो खेलिसकेकी अपेक्षा गायक कन्हैयाकी छोरी हुन् । ओम कर्माचार्यले गीतको भिडियोको निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन् ।

