काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ३ का जुझारु युवा रोहित दंगालले आफ्नो जन्मदिनको अवसर पारेर स्वो. माता गोमा दंगालको स्मृतिमा बनेपा न.पा २ स्थित डुँडा मुख ( खाघा खोर) स्थित स्थानियहरुद्वारा नवनिर्मित पार्कमा हनुमान मन्दिर स्थापना गर्नुभएको छ ।

जन्मदिनमा आफुलाई जन्म दिने आमाको सम्झना गर्दै आफुले हनुमान मन्दिरको स्थापना गरेको बताउँदै दंगालले सधैँ सामाजिक कार्य गर्न र पुर्ण सामाजिक जिवन बिताउन रुचि लाग्ने बताए ।

रोहित दंगाल पिता राम प्रसाद दंगाल एवं स्वो . माता गोमा दंगालका कान्छ सुपुत्र हुन , उनी २०५२ साल माघ १८ गते साविक उग्रचण्डी गा.वि.स वडा नं ७ चुनातालमा जन्मिएका हुन हाल उनको जन्मस्थल बनेपा नगरपालिका वडा नं ३ मा पर्छ । स्वो . माता गोमा दंगालको सम्झनामा गरिएको मन्दिर स्थापना कार्यक्रममा स्थानीय वासिन्दाहरु , विभिन्न पार्टिका नेता गणहरु, निर्वाचित जनप्रतिनिधि हरु एवं युवा समुहको बाक्लो उपस्तिथि रहेको थियो ।     

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..