अन्तर्राष्ट्रिय एनोभोटिभ अवार्ड २०२५ इडेन गार्डेनलाई

 

भक्तपुर/सुर्यविनायक नगरपालिका वडा ३, बालकोटमा अवस्थित इडेन गार्डेन इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड प्राप्त गरेको छ ।
एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित मलेसियाको राजधानी क्वालालम्पुरको लिंकन युनिभर्सिटीमा सम्पन्न अवार्ड कार्यक्रममा इडेन गार्डेन स्कूलले उक्त अवार्ड पाउन सफल भएको हो ।
कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, इण्डिया, युके लगायत विभिन्न देशहरुका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको थियो।

बिज्ञापन

शिक्षा क्षेत्रमा इडेन गार्डेनले पु¥याएको उत्कृष्ट योगदानको कदर स्वरुप यो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । एस.ई.ई. २०८१ मा ४.० जि.पि.ए. सहित शतप्रतिशत उत्कृष्ट नतिजा, बि.एल.ई. मा शतप्रतिशत उत्कृष्ट नतिजा साथै सधैं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट उपलब्धि हासिल गर्दै आइरहेको इडेन गार्डेनले “वेस्ट अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड” प्राप्त गर्न सफल भएको हो ।

स्कुलका संस्थापक सह–प्रिन्सिपल अनिश राईले इडेन गार्डेन इंग्लिस स्कुलले प्राप्त गरेको यस अन्तर्राष्ट्रिय अवार्डले विद्यालयको गौरव बढाएको बताए ।