
हास्यकलाकार सुमन कोइराला विवाह बन्धनम


काठमाडौँ — ‘दले दाई’ नामले चर्चित हास्यकलाकार सुमन कोइरालाले तनहुँकी शोभा गौलीसँग वैवाहिक बन्धनमा बाधिएका छन्।
बिज्ञापन


आज मध्य बानेश्वरमा परिवारका सदस्य र नजिकका साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको छ।

कोइराला र गौली करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। विदेश–नेपाल आउजाउका क्रममा दुवैबीच नजिकिएको सम्बन्ध अन्ततः विवाहमा परिणत भएको परिवारले जनाएको छ।
अब विवाहपछि दुवैले आफ्नो प्रेमलाई औपचारिक रूपमा पूर्णता दिएका छन्।


