काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिनुभएको छ ।
आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो । 

वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा त पाउँदैनन्, व्यवसाय गर्न ऋण कहाँबाट पाउन।’ओलीको भनाई थियो । सरकारले १४ सय रणनीतिक सडकको बजेट काटेको भन्दै उहाँले यो सरकारलाई विर्गान भत्काउन मात्र आउने बताउनुभयो । आखिर यिनीहरूको सरकार बनेपछि किन अलच्छिना लाग्छ भन्नुहुँदै ओलीले भन्नुभयो, ‘एउटा अलच्छिना पसेपछि त बिग्रिन्छ पाँच पाँच वटा अलछिना पसेपछि त सकिहाल्यो ।’

ओलीले वर्तमान सरकारकै कारण मुलुकको ६ महिना खेर गएको बताउनुहुँदै यो सरकार अझ राख्यो भने झन् बर्बात हुने बताउँदै उहाँले चुनाव मार्फत यो सरकारलाई हटाइने दाबी गर्नुभयो । ‘यस अवस्थाबाट देशलाई फर्काउनु पर्‍यो, फेरी लक्षणका दिन ल्याउनु परयो, फेरी बैङ्कमा पैसा होस्, आयोजनाहरू सुचारु हुन्, पानी जहाज, बाटो घाँटो, रेल र टनेलका कामहरू अगाडस् बढुन् ।’

वर्तमान सरकार प्राविधिक शिक्षालाई खत्तम बनाउन लागेको बताउँनुहुँदै ओलीले गठबन्धनको सरकारले संसद् अधिवेशन स्थगित गरेर सीटीभीटी सम्बन्धी अध्यादेश ल्याउन खोजेको बताउनुभयो । ओलीले वार्षिक तीस हजार नर्स पढ्न चाहने विदार्थीहरु भइरहेपनि अहिले १ हजारलाई पनि पढाइ नभइरहेको बताउनुभयो । ‘सबै नर्सिङको पढाइ बन्द गरिएको छ,अझ प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश ल्याउने तयारी चलिरहेको छ ।’ यो सरकारलाई बन्द गर्न, विर्गान मात्र आउने बताउनुहुँदै ओलीले भन्नुभयो,यिनीहरूलाई भत्काउन मात्र आउँछ किनकि यो त सेटिङबाट, परमादेशबाट सांसदलाई थाहै नदिई आएको सरकार हो ।’
ओलीले वर्तमान सरकारकै कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खत्तम भएको बताउनुभयो । अदालतको फोहोरी खेल सबै छर प्रस्ट भइसकेको बताउनुहुँदै उहाँले सभामुखको नाम नै लिन चाहनु भएन । ओलीले भन्नुभयो, वर्तमान सभामुखलाई त चिन्नुभएकै छ यहाँ अहिले नाम नलिऊ, फेरी कुल्ला गर्ने पानी छैन ।’ 

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजारको जिम्मा लिन्छु भनेको के हो ? कृष्णप्रसाद सापकोटा, बलराम सापकोटाको जिम्मा लिने कि नलिने ? यो जिम्मा लिन्छु भनेको के हो ? सभामुख भएर गिच्च दाँत देखाउने हो ?ओलीको प्रश्न थियो ।

वर्तमान सरकारलाई डरपोक र काँतर भन्दै ओलीले एउटा नागरिकलाई तार काटेर खोलामा हारेर मार्दा समेत यस्तो भयो कारबाही गर भनेर भन्न नसकेको बताउनुभयो । ‘डराउने जन्तु पनि कुइकुई त गर्छ नि यो त कुइकुई पनि गर्दैन कति साह्रो काँतर बनेको ’ ओलीको भनाई थियो ।   

ओलीले नेपाली काँग्रेसले चुच्चे नक्सा पास गर्ने बेलामा संसद्मा लत्रिए पनि महाधिवेशनमा चुच्चे नक्सा हराएर बुच्चे नक्सा टासेको बताउनुभयो । ‘महाधिवेशनमा काँग्रेसले आफ्नो भूभाग काटेर टास्यो , सारा मिडियाले लेख्दा समेत काग्रेंसले गल्ती भो सम्म भन्दैन । काग्रेंसको राष्ट्रियता देखियो ’। ओलीले भन्नुभयो । अपडेट खबर बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..