मोरङको पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुनेभएको छ । सिन भिलेज कम्पनी प्रा.लि.को आयोजनामा यही पुस ३० गते सिन भिलेज पार्टी प्यालेस पथरीशनिश्चरे २ मा हुने सो कन्सर्टमा ख्यातिप्राप्त गायक प्रमोद खरेलको मुख्य आकर्षणको साथमा प्रस्तुति हुने आयोजकले जनाएको छ ।

सँगै पूर्वाञ्चलका ख्यातिप्राप्त गायकहरू नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीको पनि प्रस्तुति रहने आयोजकका अध्यक्ष टंक गुरुङले जानकारी दिनुभयो ।

साथमा पथरी डान्स सेन्टरको विविध नृत्यहरू प्रस्तुत हुने सो कन्सर्टको प्रस्तोता तारावीर पाण्डेले गर्ने हुनुभएको छ । सो कन्सर्ट हुने सिन भिलेज पार्टी प्यालेसमा मा स्वीमिङ पुल, तातो÷चिसो पानी, समिनार हल, रेष्टुरेण्ड एण्ड बार आदिको राम्रो प्रवन्ध छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र