काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको प्रथम बनेपा नगर अधिबेशन सम्पन्न भएको छ । सुनिल श्रेष्ठको सभापतित्वमा अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य एवम् पुर्व जिल्ला अध्यक्ष उपेन्द्र शर्माको प्रमुख आतिथ्यता र विशिष्ट अतिथिमा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जित, उपाध्यक्ष नवराज मानन्धरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले अनेरास्ववियुले अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा बलियो बन्नु पर्ने कुरामा जोड दिएका थिए । 

उता शिक्षालाई पुर्णरुपमा निःशुल्क, सर्बसुलभ ब्यबहारिक, बैज्ञानिक शिक्षा लागू गराउन अनेरास्ववियुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने विशिष्ट अतिथि नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितले बताए । उनले भने युवाहरु लाई नेकपा एमाले बनेपा नगर कमिटीले जुन सुकै कामको लागि पनि सकेको सहयोग गर्ने बताएका छन् ।       

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका उपाध्यक्ष नवराज मानन्धरले सम्पुर्ण बनेपा नगरका युवाहरु लाई एक जुट भएर लाग्न आवहान गर्नु भएको छ । अधिबेशन कार्यक्रममा युवा नेता नवराज ढकाल, मुकुन्द लामिछाने लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।       

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन प्रथम बनेपा नगर अधिबेशन बाट अध्यक्षमा सुदिन श्रेष्ठ, उपध्यक्षमा उत्कर्ष दाहाल , सचिब सुसन प्रजापति, सह-सचिप शृजन श्रेष्ठ, स्वेस्तिक थापा, कोषाध्यक्ष ललिता दाहाल पदाधिकारी सहित सदस्यमा निराजन सुडाई लगायत २३ सदस्य निर्बाचित हुनु भएकोको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..