बनेपा –  नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय महाअधिवेशन तथा २२ औ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट केन्द्रिय महिला उद्यमी समितिको अध्यक्षमा बनेपाका रोशनी उपाध्याय सर्वसम्बत् निर्वाचित भएकी छन् । उपाध्याय नेकपा एमाले बनेपा नगर कमिटिका उप सचिव हुन् ।
लामो समयदेखी साना तथा घरेलु उद्योगमा गतिशिल व्यक्ति उपाध्याय महिलालाई उद्यमशील बनउनुपर्दछ भन्ने अभियान्ता पनि हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा। सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly