काभ्रेपलान्चोक – बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् ।

आज नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक तथा आउदै गरेको १० औं जिल्ला अधिवेशनको सन्दर्भ कार्यक्रम गरेको बेला बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम पनि राखेको थियो ।

नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितको सभापतित्वमा नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा, पार्टी जिल्ला अध्यक्ष अशोक व्यन्जु जिल्ला कमिटी सदस्यहरु कुमार तिमल्सिना , हरिशरण दाहाल, मुक्ति बिष्ट, तुला प्रसाद दाहाल , बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे,उपप्रमुख रेखा सापकोटा दाहाल ,पार्टी कमिटीका विभिन्न व्यक्तिहरुको उपस्थितिमा पुर्व मन्त्रि गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गोकुल बास्कोटाले भन्नुभयो तपाईहरु अब पार्टीको लागि जिम्मेवार नेता हुनुभयो । एमाले तपाईंको हातमा छ। काभ्रेमा विकास जति भएको छ सबै एमालेको सरकार हुदाँ गरिएको हो । कुनै अरु पार्टीले केही गरेको छैन अब तपाईंहरु पार्टीको खम्बा हो। पार्टीले गरेको काम को प्रचार गर्नुस् । पार्टी निर्माण र देश विकासमा अब सँग सँगै जाने हो उहाँले भन्नुभयो ।

उहाँले कार्यकर्तालाई भन्नुभयो पार्टीलाई पनि समय मिलाएर दिनुस् । तपाईंहरुले दिएको समयले पार्टीको निर्माण मजबुत हुनेछ ।
कार्यक्रममा बनेपा नगर कमिटी का अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो नेकपा एमाले सबै एमाले प्रेमिको पार्टी हो । पार्टीको सुचनालाई आधिकारिक मानेर दशौं अधिवेशनमा भव्य सहभागी हुन अनुरोध गर्नुभयो । उहाँले पार्टीको निर्माणका लागि कमिटी सधै क्रियाशील रहिरहने र पार्टी निर्माणमा बाधा नपुर्‍याउने आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..