काभ्रेपलान्चोक – धुलिखेल नगरपालिका वडा नं. ८ बडाल गाउँमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य साधुराम बडालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि धुलिखेल नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष विनोद गौतम हुनुहुन्थ्यो ।


उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक रमेश प्रसाद बडालले शैक्षिक प्रगति र भावी योजनाको बारेमा बोल्नु भएको थियो ।विद्यालयका छात्र छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य सहितका प्रतिभा प्रस्तुत गरेका थिए । 

समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश काजी कोजु र जनचेतना यूवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेले शैक्षिक स्तरियतामा खेलेको भुमिका बारेमा बोल्नु भएको थियो । उक्त समारोहमा वडा अध्यक्ष विनोद गौतमले विद्यालयले स्थापना गरेको छात्रवृद्धी कोषको लागि ५० हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.