काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत काभ्रे जिल्लाको बनेपामा भएको अधिवेशनको प्रचारप्रसार सामाग्री फोहोर नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियतामा युवाहरुले मिलेर निकालेर सफाइ गरेका छन् । बनेपाको साँगा देखि बुडोल सम्म राखिएका झण्डा ब्यानरहरु निकालेर बनेपा शहर सफाइ गरेका हुन् ।                                       

अधिवेशनको प्रचारसामाग्री झण्डा, फोटो, ब्यानर युवाहरुले आज सफाई गरेका हुन् । सफाई कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितको नेतृत्वमा नेकपा एमालेको भातृ संगठनका युवाहरुको साथै बनेपा नगर कमिटीका व्यक्तिहरुको सहभागितामा तीन दोबाटो देखि चार दोबाटो सम्मको प्रचारप्रसार सामाग्रीहरु र अन्य फोहोर मैला व्यवस्थापन गरेका छन् ।                   

युवाहरुको सफाई कार्यक्रम अत्यन्तै राम्रो भएको भन्दै स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । नेकपा एमाले बनेपा नगर कमिटीले राम्रो संस्कारको शुरुवात भएको भन्दै उनीहरुको प्रशंसा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..