लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन भिडियोमा छ । ’बवार्द’ गीतको भिडियोमा सन्तोष कटुवाल , अनु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..