काभ्रेपलान्चोक – नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ को सभापतिमा दिनेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज बनेपाको पन्चकन्या पार्टी प्यालेसमा भएको कार्यक्रममा लामाको नेतृत्वमा प्रतिनिधिसभा क्षेत्र न १ को उम्मेदवारी घोषणा भएको हो ।

नेपाल बिद्यार्थी संघबाट राजनीति आरम्भ गर्नुभएका लामा अहिले नेपाली काँग्रेस काभ्रेको जिल्ला सचिव हुनुहुन्छ । पार्टीमा बौद्धिक तथा राजनीतिक तर्क दिन सक्ने लामाको उम्मेदवारीले उक्त क्षेत्रका काँग्रेसमा उत्साह छाएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा काभ्रेका जिल्लाको सभापतिको उम्मेदवारी घोषणा गरेका तीर्थ लामाको समर्थन दिनेश लामालाई रहेको छ ।

लामाको टिमबाट सचिवमा किशोर गिरि र विद्या सागर लामा, सहसचिव पदमा पदम ब लामा र गणेश अधिकारी रहेका छन ।
त्यस्तै काभ्रे प्रतिनिधिसभा क्षेत्र न २ को सभापतिमा सुन्दरमणि आचार्यको पनि उम्मेदवारी घोषणा भएको छ । उहाँको टिमबाट सचिवमा राम जोशी र आनन्द सापकोटा रहनुभएको छ ।
त्यस्तै प्रतिनिधिसभा प्रदेश सभा (क) को सभापतिमा राम योन्जन, उप सभापति चन्द्रलाल दोङ, सचिवमा नवराज दहाल र दावा फेन्चु लामा, सहसचिवमा बसन्त तामाङ र गोकुल भुर्तेल रहेका छन । प्रदेश सभा (ख) को सभापतिमा चन्द्र ब तामाङ, उपसभापति सुदर्शन अधिकारी र केशव बन्जरा, सचिव रुपक महत, सहसचिवमा विनोद तिवारी र राम ब घ्यावा रहेका छन ।

सो टिमको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा ( क) को सभापतिमा हेम लामा, उपसभापति जीवन खड्का, सचिवमा उध्दव प्र पौडेल र दमन अधिकारी, सहसचिव रमिला बानियाँ र आशाकाजी श्रेष्ठ रहेका छन । प्रदेश सभा ( ख ) को सभापतिमा भगवान अधिकारी उपसभापतिमा तारामान लामा र कुमुदा वैद्य, सचिवमा गीता प्र दुलाल र रामहरि दहाल सहसचिवमा हरि थापा र दिपक लामिछाने रहेका छन । – रोशी fm

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो