काभ्रे – भुम्लु गाउँपालिकाले व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवले समन्वय गरेको हो ।गाउँपालिकाको ११ लाख ९८ हजार काभ्रेपलाञ्चोक सेवा समाज, कतारको ११ लाख आर्थिक सहयोगपछि भन्सार छुटमा टाइप (बी) एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईले जानकारी दिए ।

बिहीबार एक कार्यक्रम गरी एम्बुलेन्स सेवा उद्घाटन गरियो । काभ्रेपलाञ्चोक सेवा समाज, कतारका निवर्तमान अध्यक्ष सागर अधिकारीसहितका पदाधिकारीको उपस्थितीमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले सेवा शुभारम्भ गरेका हुन् ।

काभ्रेपलाञ्चोक सेवा समाज, कतारका निवर्तमान अध्यक्ष सागर अधिकारीले कतारमा कार्यरत काभ्रेलीको परिश्रमबाट संकलित रकम सहयोग गरेको भन्दै सदुपयोग हुने विश्वास व्यक्त गरे । एम्बुलेन्स सञ्चालनपछि स्वास्थ्य सेवा लिनको लागि यातायात सहज होस् भन्ने उद्धेश्य रहेको भन्दै उनले गाउँपालिकाले व्यवस्थापनसहित निरन्तर सन्चालन हुने अपेक्षा गरे ।गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफ्नो जन्मभूमी र स्वदेशको माया गरेर सहयोग गरेको भन्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।हस्तान्तरण कार्यक्रममा भुम्लु गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अन्चलकुमार लामा, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठ, समृद्ध दोलालघाट टोल विकास संस्थाका अध्यक्ष धनध्वज तामाङले उक्त क्षेत्रको लागि एम्बुलेन्स अत्यावश्यक भएको भन्दै सहयोगी सबैमा आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly