नेकपा (एमाले) बाग्मती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका ३४ जना नेताहरूको बुधबार शपथग्रहण भएको हो ।
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उहाँहरूलाई शपथग्रहण गराउनुभएको बाग्मती प्रदेश कमिटी उपसचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
मनोनीत भई शपथ ग्रहणमा सहभागी प्रदेश कमिटी सदस्यहरूमा शिवकुमारी खनाल (काठमाडौंं), आनन्दकुमार श्रेष्ठ (रामेछाप), अशोककुमार व्यञ्जु (काभ्रेपलान्चोक), एकलाल श्रेष्ठ (मकवानपुर), कर्णेल लामा (रसुवा), तेजप्रसाद ढकाल(काठमाडौं), मधु तिमल्सिना (काठमाडौं), रामकृष्ण श्रेष्ठ (सिन्धुली), रत्नप्रसाद गौतम (रामेछाप), उपेन्द्र पौडेल (काठमाडौं), ठाकुर गजुरेल (नुवाकोट), गंगादेवी श्रेष्ठ (धादिङ), महेश चालिसे (ललितपुर), हस्त पण्डित (सिन्धुपाल्चोक), ईश्वरचन्द्र पोखरेल (दोलखा), रीता ढकाल (काभ्रेपलान्चोक), अञ्जना अधिकारी (काठमाडौं), गणेश बुढाथोक (सिन्धुली), नवराज ओझा (नुवाकोट), प्रकाश खनाल ‘शैलेश’ (चितवन), धनबहादुर कार्की (सिन्धुली), मदन केसी (दोलखा), भगवानप्रसाद दाहाल (काठमाडौं), उद्धव रिजाल (रसुवा), राजकुमार श्रेष्ठ (काभ्रेपलान्चोक), अमनसिंह लामा (सिन्धुपाल्चोक), टीपी उप्रेती (भक्तपुर), सुमित्रा काफ्ले (मकवानपुर), शेखर लामा (काभ्रेपलान्चोक), जीवन खड्का (ललितपुर), श्याम उप्रेती (दोलखा), टीका पौडेल (चितवन), लेमन श्रेष्ठ (काठमाडौं) र जितेन्द्र विष्ट (नुवाकोट) हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly