काभ्रेपलान्चोक – महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका मंजु श्री असाय संरक्षण केन्द्र काठमाडौ शाखाको उपाध्यक्ष मंजु श्रेष्ठ सामाजिक ब्याक्तित्व समान -२०७८ द्वारा सम्मानित हुनुभएको छ ।

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा:लि ले कार्तिक १५ गते दोलखाको सैलुङ्गमा आयोजित सैलुङ्ग उत्सब २०७८ कार्यक्रममा दोलखा जिल्लाका सात जान पत्रकार कलाकार सहित उहालाई सम्मान गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) केन्द्रीय सम्पादन समितीको सदस्य बरिस्ठ समाजसेवी सोभित उप्रेतीको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा महिला अधिकारकर्मी मंजु श्रेष्ठलाई सम्मान गर्नुहुँदै उप्रेतीले महिला अधिकारको क्षेत्रमा अतुलनिय योगदान दिनुहुने महिला अधिकारकर्मीलाई बधाई शुभकामना समेत दिनुभएको छ।

उहाले संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहको समेत बताउनु हुदै अब राष्ट्रिय महिला आयोगले संवैधानिक आयोगका रुपमा काम गर्नु पर्ने बताउँदै यसका लागि आवश्यक कदमलाई सरकारले छिटो तयारी गर्नु पर्ने समेत उप्रेतीले बताउनु भएको छ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly