काभ्रेपलान्चोक –बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।

गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्कले उपाधि जितेको हो । उक्त खेलको दुवै गोल सुजन केसीले गरेका थिए । खेल निकै रोमान्चित भएको दर्शकहरुले बताएका छन ।

विजेता, उपविजेता टोलीका खेलाडीलाई बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पुरस्कृत वितरण गर्नु भएको थियो । बिजेता ढुंखर्क लाई ५० हजार, दोस्रो आनन्दले २५ हजार र तस्रो टोली बेथानचोक ५ को च्याल्टी युथ क्लबले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

आनन्दका अनिष लामा सर्वोत्कृष्ट खोडीका साथै उच्च गोलकर्ता बन्न सफल भए । ढुंखर्कका विशेष वाइवा उत्कृष्ट गोलकिपर, आनन्दका रविन्द्र कार्की उत्कृष्ट रक्षक, ढुंखर्कका अजय पुलामी मगर उत्कृष्ट फरवार्डमा चुनिएर पुरस्कार प्रदान गरिएको थियो ।

कात्तिक २१ देखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..