2060 साल भाइमारा बाट उदाएका नायक श्रीदेव भट्टराई पछिल्लो समय चलचित्र भन्दा पनि म्युजिक भिडियोमा व्यस्त देखिन्छन् । इलाम माइनगरपालिका २ मा जन्मिएका भट्टराईले इलाम बजार घुमौला बोल गितको म्युजिक भिडियोमा पहिलो अभिनय गरेका थिए। जिबनको गतिलो हावाहुरी सँग जुधेका नायक श्रीदेवसँग गतिलो पिडा र चोटको अनुभब छ।आफु कान्छो भएनि परिवारको ठुलो जिम्मेवारी बोकेका छन। विश्वको धेरै देशको अनुभव छ उनि सँग जहाँ गए नि नेपाली र नेपालको कला संस्कृतिलाई परिचित गराउन मायुर छन्।भर्खरै उनको बहकिदै छ मनमा मिठो अभिनय गरेका नायक श्रीदेव भट्टराई चलचित्र भन्दा भिडियोमा बढि रमाउन थालेका छन। गिनिज बुकमा नाम लेखाएका साथै नेपालको कलाक्षेत्रको एक मात्र अनुशासित अवार्ड पाउन सफल नायक श्रीदेव भट्टराईसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको विशेष कुराकानी :

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म केहि म्युजिक भिडियोको सुटिङ अनि प्रचारप्रसारमा छु। चलचित्र चिट्ठीको नि रिलिजको तयारिमा छु ।

० अनि तपाईं त चलचित्र भन्दा म्युजिक भिडियो बढि खेल्न रुचाउनु हुन्छ रे के चलचित्रमा अफर न आएर भिडियो तिर हो ?
त्यस्तो होइन राम्रो कथा बस्तु नआएर हो। गीतको अफर बढि आएर अलिक बढि म्युजिक भिडियो तिर छु । राम्रो कथा बस्तु आए पछि फिल्म पनि आउने नै छ ।

० तपाईं बिदेश कार्यक्रममा नि बढि जानु हुन्छ कमाइत राम्रो होलानि ?
त्यस्तो तपाईंले भने जस्तो कमाइ हुन्न प्राय गायक /गायिका र कमेडि कलाकारले केहि कमाउनु हुन्छ। हामित जाने आउने मात्रै हो ।

० पहिले र अहिलेको परिस्थितिमा के फरक छ इलाम बाट यहाँ सम्मको यात्रा ?
सुरुको दिन नि कठिन थियो अहिले नि कठिन छ जिन्दगी प्रयास गर्दा गर्दै सकिने रहेछ।

० अनि तपाईले सबै कलाकारको इज्जत गर्नु हुन्छ रे तपाईंलाई चै कतिको इज्जत गर्छन अरु कलाकाले ?
म अरुलाई सारै मान्छु तर अरुले कत्तिको मान्छ्न तिर लाग्दिन किन कि म कस्तो गर्छु त्यहि अनुसार त हो मान्ने ।

० तपाई जति कमाउनु हुन्छ त्यति नै समाज सेवा गर्नु हुन्छ रे हो भबिस्य त बिग्रेला त्यस्तो गर्दा ?
यो कुरा चै केहि सत्य हो सबै चै होइन केहि हो तर काठमाडौंमा बाच्न
गार्‍हो छ ।

० तपाई प्रोग्राम होस्ट नि गर्नु हुन्छ आम्दानि कस्तो छ ?
म प्राय औपचारिक कार्यक्रम होस्ट गर्दिन अनौपचारिक बिदेशका कार्यक्रम र महोत्सव अवार्ड फङ्सन चलाउछु । ठिकै हुन्छ ।

० तपाईंलाई केहि मान्छेले केहि वर्ष देखि फसार तपाईंलाई गार्‍हो पारेको सुनिन्छ नि ?
सहि हो समय आएसी भन्ने छु यदि उनिहरुले मलाई यो कार्यबाट उन्मुक्ति दिएनन भने ।

०आगामि के छ योजना ?
चैतमा थाइल्यान्ड, कम्बोडिया, भियतनाममा कार्यक्रम छ । केहि भिडियो नि छ फिल्मको कुरा हुदै छ ।

० तपाइले अभिनय गरेको यो बहकिदैछ मन कस्तो गीत हो ?
यो माया प्रीमको गीत हो । बिशेष यो गीत मैले अभिनय गर्नुमा समिर राइ दाजु , गणेश थापा दाइको ठुलो हात छ साथै बिजय भुर्तेल यो गीतको निर्देशक साथै नायिका समिक्षा लगायत सबै टिमलाई धन्यबाद दिन चाहान्छु।
तपाइको आगामि दिन अझै खुशि र प्रगतिशिल भएर बितोश हाम्रो यो स्तम्भ निमित्त मिठो भलाकुसारि गर्दिनु भएकोमा धन्यवाद ….

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..