तपाईंको आजको राशिफल हेर्नुहोस

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूल र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजका दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । यात्रा गर्दा दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएकाले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र व्यापार रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईँको लागि आजको दिन अनुकूल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति राग राख्ने मित्रहरु समेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईँले घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा वेस हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईँले गरेको कामको मानसम्मान र व्यवसायसमेत सोचेभन्दा बढी फाइदा हुनेछ । तपाईँले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ । मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

समय अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। चन्द्रमाको साथ भएकाले आजको दिनमा तपाईँले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएकाे स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्न सक्नु हुन्छ । हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईँलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन अनुकूल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलबारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट नसोचेको फाइदा मिल्नेछ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..