दुई संसदीय समितिहरूको बैठक आज बस्दै 

# दुई संसदीय समितिहरूको बैठक आज बस्दै 
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०८, २०८२
दुई संसदीय समितिहरूको बैठक आज बस्दै 

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका आज दुई संसदीय समितिहरूको बैठक बस्दैछन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सुरु हुनेछ, जहाँ उत्तरविधायिकी परीक्षणसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
त्यसैगरी, दिउँसो साढे २ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ, जसमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कामकाज, समस्याहरू, चुनौतीहरू र भविष्यका कार्ययोजनाबारे छलफल हुने बताइएको छ। साथै, राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा आवश्यक पर्ने ईआईएको सहजीकरणका विषयमा पनि कुरा उठाइने छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up