काठमाण्डौं ।
अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढ्नको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । Little Bud Eng. Medium Sec. Schoolकाठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पूर्र्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालवालिक पनी वन्चित बन्नु नपरोस भनेर आफुले नानीको लागी सहयोग गरेको योञ्जनले बताउनुभयो ।

समाजसेवी डाक्टर दिल बहादुर तामाङ र मिस तामाङ सफलता तामाङको अनुरोधमा पढाउने जिम्बेवारी लिएको उहाँले बताउनुभयो । यस अगाडि पनी गीतकार योञ्जनले काठमाण्डौंको बुढानिलकण्ढको भगवती माविमा अध्यययनरत प्राथमिक तहका बालबालिकाको लागी विभिन्न समयमा सहयोग गर्नुभएको थियो । निम्न आय भएको कारणले आफुनो पारिवारिक बाध्यताको कारणबाट शिक्षाबाट बन्चित भइरहेको अवस्थामा आफनो शिक्षाको लागी सहयोग गर्ने दिलिप योञ्जन र लक्ष्मी योञ्जनको साथलाई आफुले कहिल्यै नभुल्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….