पप गीत ‘ओ मेरो ह्यान्डसम’ सार्वजनिक भएको छ । श्रद्धा प्रधानको शब्द, सङ्गीत र स्वर रहेको पप गीत ‘ओ मेरो ह्यान्डसम’को भिडियो सार्वजनिक भएको हो ।

राजन मगरको एरेञ्ज रहेको गीतमा सुमन खडकाको मिक्सिङ तथा माष्टरिङ छ । गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

टेक लामा ‘टिसिरिङ’को निर्देशन, कृष्ण रसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कृष्ण रसाल, श्रद्धा प्रधान कोरल, प्रकाश श्रेष्ठ , अस्मिता थापा, एन्थोनी कोरल र निशा मुखियाको अभिनय छ । श्रद्धाले निर्माण गर्नुभएको भिडियोको पोष्ट प्रोडक्सन जिनियस डान्स एण्ड म्युजिक स्कुल रहेको छ ।