यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठ को अभिनय रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/-AEeNgxeFRY

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly