काठमाण्डौं ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ”सरर दशैं तिहार “ गीतको भिडियो सार्वजनिक भएको छ । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ ।

पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिकाले गीत मार्फत आग्रह गरेकी छन ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा पछिल्लो समयमा निकै ब्यक्त एवम सफल बन्न सफल कोरियोग्राफर तथा निर्देशक देव धिमालले गरेका छन । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

”सरर दशैं तिहार “ गीतको भिडियोमा पुष्प खड्का र पुजा शर्माको अभिनय तथा बालकलाकारमा निरिशका स्थापितको अभिनय पनी समावेश गरिएको छ ।

”सरर दशैं तिहार “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..