बनेपा नगरपालिका र सहकारी अभियानको जिल्लाको उत्कृष्ट संघ जिल्ला सहकारी संघ लि. काभ्रेको समन्वयमा नगरको नियमन क्षेत्र भित्र रहेका शत् प्रतिशत सहकारी संस्थाहरुको अनुगमन कार्य सम्पन्न गरेको छ ।

 

असोज २३ गते एक कार्यक्रमका बीच अनुगमन सम्पन्न भएका सबै सहकारी संस्थाहरुको विस्तृत विवरण सहित प्रतिवेदन जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष तथा अनुगमन समितिका संयोजक दिलिप शर्माद्धारा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

 

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा भएको हो भने कार्यक्रममा उप प्रमुख विमला सापकोटा दाहाल, राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक टेकप्रसाद चौलागाँई, १४ वटा वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नियमन गर्ने संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्ष तथा सञ्चालक समिति सहितको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा सहकारी संस्थाहरुको अनुगमनका लागि भएको सुरुवात देखिका प्रकृया र सफलता, समस्या तथा कार्य सम्पन्न गर्न गरेका कार्यहरुको भूमिकाका बारेमा संघका अध्यक्ष दिलिप शर्माले जानकारी गराउनु भएको थियो । बागमती प्रदेश सहकारी मन्त्रालयले २०७९ सालमा सहकारी संघ संस्थाहरुको लागि लेखा परिक्षण, अनुगमन मापदण्ड बनाए लगत्तै जिल्लास्तरीय अनुगमन समिति निर्माण गरी जिल्ला भित्र रहेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त, सुशासनका रुपमा चलेका सहकारी संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरु १)० जनालाई जिम्मेवारी प्रदान गरी बनेपा नगर कार्यपालिकाले अनुगमन कार्य विधि स्विकृत समेत गरी विज्ञको रुपमा नियूक्ति गरी कार्य सञ्चालन भएको थियो । कार्यक्रममा संघका अध्यक्ष शर्माले जिल्लाभर सहकारी संस्थाहरुको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने बनेपा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको अवस्था र यसबाट आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

 

अनुगमनका क्रममा देखिएका कैफियतका बारेमा अनुगमन टोलीका गुरु प्रसाद ढकालले प्रस्तुतीकरण गरी समग्र बनेपा नगरपालिका सभत्र रहेका सहकारी संस्थाहरुको अवस्था चित्रण समेत गरेका थिए । कार्यक्रममा उप प्रमुख बिमला सापकोटा दाहालले एक सरो प्रतिवेदन आइ सकेको र अब यसमा देखिएका कैफियतहरुका सन्दर्भमा नगरपालिकाबाट योजना निर्माण गरी सहकारीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथी दिपककुमार गौतमले सहकारी क्षेत्रको विकासका लागि नगरपालिका र जिल्ला सहकारी संघ लि. ले गरेका कार्यको प्रशंसा ब्यक्त गर्नुभएको थियो । राष्ट्रिय सहकारी महासंघ लि.का टेक प्रसाद चौलागाँईले जिल्ला सहकारी संघ लि. ले यस्तै खालका कार्यहरु गर्दै आइरहेकाले पनि राष्टिय रुपमा पुरस्कार प्राप्त गरेको जानकारी गराउँदै ७५३ वटा पालिकाहरु मध्ये यस्तो शत् प्रतिशत अनुगमनको कार्य गरेको पहिलो पालिका भएको जानकारी गराउनु भएको थियो । कार्यक्रमका शभापति तथा नगर प्रमुख शान्तिरत्न शाक्यले सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा यस पालिका भित्र रहेका सहकारी संस्थाहरुको बारेमा गम्भिर भएर योजना सहित सहकारी ऐन, नियमावली सहित संस्था सक्षम बनाउन लागि पर्ने धारण राख्नु भएको थियो ।

अनुगमनका क्रममा कूल सहकारी संस्थाहरु मध्ये १२३ वटा सहकारी संस्थाहरु एकिन भएको डिभिजन सहकारी कार्यालयमा दर्ता भएका तर खोजी गर्दा नभेटिएका पुराना ७७ वटा सहकारी मध्ये ७ वटा सहकारी संस्था प्रदेशस्तरको रहेको, ७ वटा सहकारी संस्था एकिकरण भइसकेको र केहि सहकारी संस्थाहरुले प्रतिवेदन समेत नबुझाएको समेत जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..