भोलिबाट सुर्खेतमा खुकुरी मार्शल आर्ट्स प्रतियोगिता शुरु हुँदै

|| बिहिबार, कार्तिक १६, २०८०
भोलिबाट सुर्खेतमा खुकुरी मार्शल आर्ट्स प्रतियोगिता शुरु हुँदै
भोलि शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय खुकुरी मार्शल आर्ट्स प्रतियोगिताको तयारी पूरा भएको छ ।सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो । प्रतियोगिकाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

केन्द्रीय अध्यक्ष पुण्य प्रसाद पाण्डेका अनुसार प्रतियोगितामा ६ प्रदेशका खेलाडीको सहभागिता रहने छ । ७० जना खेलाडी, प्रशिक्षकको सहभागी रहेको प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल प्रदान गरिने कर्णाली प्रदेशका अध्यक्ष ईश्वर शाहीले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up