चौथो काव्य म्युजिक अवार्ड सम्पन्न, घमेश दुलालको गीत संग्रह ‘समुन्द्रपारी’ लोकार्पण

 

काठमाडौं । ‘गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ चौथो काव्य म्युजिक अवार्ड–२०८२ भर्खरै नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न भएको छ ।

बिज्ञापन

काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेशको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चर्चित गायक घमेश दुलालको गीत संग्रह समुन्द्रपारी को लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्रका चर्चित वरिष्ठ नायक कृष्ण मल्ल प्रमुख अतिथि रहनु भएको थियो भने दक्षिण काली अफसेट प्रेशका अध्यक्ष टपेन्द्र केसीले सभापतित्व गर्नु भएको थियो । स्वागत मन्तव्य अवार्ड संयोजक रमेश श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन दीपेन्द्र शाहीले गर्नुभएको थियो ।

अवार्डको आयोजक टिममा काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्य, दक्षिण काली अफसेट प्रेशका सञ्चालक टपेन्द्र केसी, अशिमकुमार कटुवाल, बिष्णु तामाङ, राजु बोहर, शिवराम भण्डारी, जमुना आचार्य, सिन्धु पौडेल र रमेश श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै, जुरी टिममा चर्चित गायिका सावित्री केसी, सुजता केसी, संगीत संयोजक रिदम कडेल, शिक्षाविद् यादव गिरी, चर्चित देउडा गायक एवं मोडल भुवन प्रकाश बडु र बालगीत ‘पानीमुनी माछा’ का संगीतकार उत्तम पौडेल रहनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय गान र सहिदहरू प्रती एक मिनेट मौनधारणपछि सुरु भएको थियो । प्रारम्भमा घमेश दुलालको समुन्द्रपारी गीत संग्रह विमोचन गरिएको थियो भने सो गीत संग्रहमा अभिनय गर्ने कलाकारलाई कदरपत्र प्रदान गरिएको थियो ।

सम्मान र अवार्ड

अवार्डअन्तर्गत वरिष्ठ गायक घमेश दुलाललाई ‘वर्ष गायक’ र वरिष्ठ निर्देशक दिवाकर भण्डारी ‘सापटे काका’लाई ‘वर्ष निर्देशक’ सम्मान प्रदान गरिएको थियो ।

अवार्ड प्राप्त गर्ने अन्य कलाकार तथा श्रष्टाहरूमा :

पपुलर अफ द इयर गायिका : सारदा रसायली (जवानिमा बिताको पल मीठो)

सर्वश्रेष्ठ गायिका : कोपिला तामाङ (चमेरे)

सर्वश्रेष्ठ लोककाठे गायिका (जुरी) : प्रमिला घ्लान तामाकोसी

सर्वश्रेष्ठ लोकदोहोरी गीत : राजन भुजेल (मेरो जस्तो रगत छैनर)

सर्वश्रेष्ठ मोर्डन गीत/मोडल (पुरुष) : बिजेन्द्र नौबागे (सारा हासो)

सर्वश्रेष्ठ लोकदोहोरी गायक (काठे पुरुष) : राजेश ढकाल (चालीस कटेसी)

सर्वश्रेष्ठ लोकदोहोरी गायक (पश्चिमे) : कृष्ण अधिकारी (खोली तरुम्ला)

सर्वश्रेष्ठ लोकदोहोरी गायक (जुरी) : सुरेश बग्दास (के छ खबर)

सर्वश्रेष्ठ लोकदोहोरी गीत (जुरी) : उमेश शिह ठगुन्ना (धानको बाला)

सर्वश्रेष्ठ चाडपर्व गीत (गायक) : सिर्जन पुन (भन्छिन् मेरो राजा)

सर्वश्रेष्ठ चाडपर्व गीत (गायिका) : यमुना कार्की (दशैं आयो)

सर्वश्रेष्ठ चाडपर्व गीत (संगीतकार) : मदन सुफिक्स (खर्च दशैंलाई)

सर्वश्रेष्ठ चाडपर्व गीत (गायिका–जुरी) : सुष्मा रुपाखेती (भेट भएको बेलैमा)

सर्वश्रेष्ठ बालगायिका : लाक्पा डोमा शेर्पा (काफल पाक्यो बनै रमायो)

सर्वश्रेष्ठ म्युजिक भिडियो : भरत उदासी (पापी मान्छे)

सर्वश्रेष्ठ आधुनिक संगीतकार : तिपक तिरुवा (तिम्रै लागि)

सर्वश्रेष्ठ आधुनिक संगीतकार (जुरी) : रामकुमार रिमाल (पराइकी रानी)

सर्वश्रेष्ठ आधुनिक शब्द : बिमल स्याङ्तान (हजार जुनीसम्म)

सर्वश्रेष्ठ लोकदोहोरी शब्द : कृष्ण आचार्य (रोसनी निरिमायको)

सर्वश्रेष्ठ लोकदोहोरी शब्द (जुरी) : सरला तिमिल्सिना (भोलि तिमीलाई रुन नपरोस्)

सर्वश्रेष्ठ लोकगायिका (जुरी) : कल्पना पराजुली (तिमी मलाई है सानू)

सर्वश्रेष्ठ लोकदोहोरी गायिका (पश्चिमे) : पार्वती विश्वकर्मा (छाती चर्किन्छ)

सर्वश्रेष्ठ मोडल (महिला) : सपना डंगोल (ए है माया)

सर्वश्रेष्ठ लोकदोहोरी लय : अमन दुलाल (जवानिमा बिताको पल मीठो)

सर्वश्रेष्ठ म्युजिक भिडियो (महिला निर्देशक) : पुजा ठाकुरी (माछी भुल्यो)

सर्वश्रेष्ठ नवगायिका : अनिता बिक

सर्वश्रेष्ठ मोडल (महिला–जुरी) : राधा थापा (सुधा)

सर्वश्रेष्ठ भिडियो निर्देशक (पुरुष) : शिशिर बुडाथोकी (फूलको डाली)

सर्वश्रेष्ठ भिडियो निर्देशक (जुरी) : मनोहर भण्डारी (पोखरामा घाम लाग्यो घमाइलो)

सर्वश्रेष्ठ भाषाभाषी गीत संगीतकार : रामकुमार पैडेल (गोतेङ्गा गोतेङ्गा – सुनुवार भाषा गीत)

सर्वश्रेष्ठ टेलिफिल्म कलाकार (महिला) : आशा भुशाल (मेरी बास्सै)

सर्वश्रेष्ठ टेलिफिल्म कलाकार (पुरुष) : मेखबहादुर गुरुङ (भोट अब)

सर्वश्रेष्ठ नवकलाकार (पुरुष) : रामप्रसाद गुरुङ (फुलै फुलेको)

सर्वश्रेष्ठ छायाकार : सन्जय चन्द

सर्वश्रेष्ठ चाडपर्व गीत निर्देशक : सुरज खनाल (छड्के कपाल किन कुरेको)

सर्वश्रेष्ठ तीज गीत गायक : मोतिराज खनाल (छड्के कपाल किन कोरेको)

प्रायोजक र विशेष सम्मान

कार्यक्रमका स्पोन्सरहरूमा गोगो जुत्ता घर, सुटमाला, लक्ष्मी सनराइज बैंक, नेपाल वायु सेवा, डाफे कपि, ओम एनीमेन्ट, मन्जु लामिछाने, लुम्बिनी विकास बैंक, सचेतना नागरिक संस्था नेपाल, नेपाल बैंक, सेल्ट्रिक एजुकेयर, केटीएम स्पोर्ट जोनलगायत थिए ।

त्यस्तै, विशेष सम्मान प्राप्त गर्नेहरूमध्ये विनोद बम, हिमाल खड्का, कविता राउत, रामहरि भण्डारी, बुद्ध मोक्तान, गुरुदेव लामा, केशवराज चौलागाईं, भिमसेन गौतम, रामकृष्ण थापा, साजन पराजुली, दिनेश भण्डारी, अरविन्द्र गौतम, पुजा ठाकुर, आरिया शाही, प्रतिमा केसी, रुद्र नेपाल, रमेश बस्नेत, सुभद्रा भुजेल, टासी लामा, भुवन के. पोखरेल, अर्जुन थापा, राखी गौचन, तिर्थ बस्नेत, दामोदरलगायत थिए ।

सहयोगी संस्थामा सामाना क्रिएसन (अध्यक्ष सामना शाह) र धनेश्वर फिल्म्स एण्ड एडभर्टाइजिङ (खमेस श्रेष्ठ) रहेका थिए ।