काभ्रे जिल्ला सहकारी संघ लि.ले आफ्नो पौष मसान्तसम्मको प्रगती विवरण सहित सम्पन्न कार्यक्रम तथा बाँकी योजनाहरु सहित विविध बिषयहरुमा समिक्षा बैठक सम्पन्न गरेको छ ।

जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सहकारी अभियानमा लामो समय देखि योगदान गर्नुहुने प्रशिक्षक कुबेर निरौलाले प्रशिक्षण दिनु भउको थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सहकारी संघ लि जिल्लाको सबै स.स्थाहरुको अभिभावकीय संघ भएका कारण यहाँको नेतृत्व आफैमा सहकारी अभियान, नियम कानून जस्ता बिषयमा पोख्त हुनुपर्ने लगायत सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि लाग्नु पर्ने तथा गर्नुपर्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुिपरिवेक्षण समिति, विभिन्न उप समिति सदस्य, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार विनोद पराजुली, कर्मचारीहरुको उपस्थिती रहेको थियो । कायृक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले गर्नु भएको थियो भने कायृक्रम सञ्चालन संघ का सचिव निरन्जन बिष्टले गर्नुभउको थियो । संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले संघमा हालसम्म भउका प्रगती सम्पन्न कायृक्रम तथा बाँकी रहेको योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा जिल्ला सहकारीसंघ लि. अध्यक्ष तथा कार्यक्रमका सभापति दिलिप शर्माले जिल्ला सहकारी संघ लि. ले हाल पसिछल्लो समयमा निकै राम्रो कार्यहरु गर्दै आइरहेको सन्दर्भमा हाम्रो टिम अझ एकजुट भई लाग्नु पर्ने हुँदा स्विकृत कार्यक्रमहरुलाई प्रभावकराी बनाई सहकारी अभियानलाई अझ सशक्त बनाउने बिचार राख्जनुभएको थियो ।

हामी यो सहकारीको समस्याग्रस्त अवस्थामा नेतृत्व गरिरहेका छौं अझ यसलाई कुनै पनि जिल्लाभर समस्या आउन नदिन हामी सबै अभियानकर्मीहरुको साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो कायृक्रमका ४० जना भन्द बढी सहभागिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly