प्रेस युनियन काभ्रेको अध्यक्षमा सचित खड्काको उम्मेदवारी घोषणा

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको आइतबार हुने अधिवेशनलाई लक्षित गर्दै पत्रकार सचित खड्काले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। खड्काले पहिलो पटक सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका खड्का पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन्। अधिवेशन नजिकिँदै गर्दा उनले संगठनलाई थप व्यवस्थित, सक्रिय र पत्रकारमैत्री बनाउने उद्देश्यसहित नेतृत्वका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

आइतबार हुने अधिवेशनबाट प्रेस युनियन काभ्रेको नयाँ नेतृत्व चयन हुँदैछ। अध्यक्ष पदका लागि खड्काको उम्मेदवारी घोषणासँगै अधिवेशनको माहोल थप रोचक बन्ने अनुमान गरिएको छ ।

बिज्ञापन