
सुर्खेत । कर्णाली अटोमोवाईल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिबार सुर्खेतमा सम्पन्न भएको हो । अधिवेशनले इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल चयन भएका छन्। महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल र कोषाध्यक्षमा राजन ओली चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन्।
अधिवेशनका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजाल थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । साथै उनले अटोमोवाईल्स क्षेत्रको विकाससँगै सडक सुरक्षा प्रभावकारी बनाउन व्यवसायी, प्रहरी तथा सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर खड्काले कर्णाली प्रदेशका अटोमोवाईल्स व्यवसायी तथा सरोकारवालालाई समेटेर संस्थालाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।





