
काठमान्डौं-सरकारले निजामती कर्मचारीमा सबै दलीय ट्रेड युनियनहरू खारेज गरेको छ। अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गरी दलीय ट्रेड युनियनहरू खारेज भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्। जसअन्तर्गत २० वटा ऐन संशोधन गरिएको छ। त्यसमा निजामती सेवा ऐन पनि छ । सो ऐनमा रहेको निजामती कर्मचारीहरू ट्रेड यूनियनहरू खोल्न पाउने व्यवस्था खारेज गरिएको हो। ‘निजामती सेवाका अन्य व्यवस्था नियमित विधेयकमार्फत आउँछन्,’ संघीय मामिला मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘दलनिकट ट्रेड युनियनहरू भने तत्काल जरुरी नदेखिएकाले अध्यादेशमार्फत खारेज गरिएको हो।’

बिज्ञापन





