लक्ष्मी महिला सहकारीद्वारा HPV Screening Test स्वास्थ्य शिविर सम्पन्न

 

बनेपा – काभ्रेपलाञ्चोकको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २८औँ वार्षिक उत्सवको अवसरमा HPV Screening Test स्वास्थ्य शिविर आयोजना गरी ८७ जना सदस्यको स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ।

बिज्ञापन

चैत १० गतेसंस्थाको भवनमा बिहान ९ः३० बजेदेखि सुरु भएको स्वास्थ्य शिविर बेलुका ४ः०० बजेसम्म सञ्चालन गरिएको थियो। स्वास्थ्य तथा वातावरण उप–समिति संयोजक सूर्यकमल श्रेष्ठको संयोजकत्व तथा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ चिकित्सक डा. रुची कार्कीको नेतृत्वमा सञ्चालन गरिएको शिविरमा स्वास्थ्यकर्मी इलीशा पोखरेल, उर्जा रेग्मी, क्रिस्टिना शाक्य, सुस्मा पण्डित, वर्षा तामाङ, उर्मिला कटुवाल, रामप्रसाद सत्याल र नवीन रानामगरको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारी तथा उप–समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिविर व्यवस्थापनमा संस्थाका अधिकृत यमुना प्रधान, सहायक ललिता थापा तथा कर्मचारी सुमिना श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको समापन प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गर्नुभएको थियो। समापनका अवसरमा अतिथिहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। अध्यक्ष हिमाली श्रेष्ठले संस्थाको वार्षिक कार्ययोजनाअनुसार यस्ता स्वास्थ्य शिविरहरू हरेक वर्ष निरन्तर सञ्चालन गरिने बताउँदै आगामी दिनमा पनि प्राविधिक सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

उप–समिति संयोजक सूर्यकमल श्रेष्ठले यस्ता स्वास्थ्य शिविरले सदस्यहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै सम्भावित रोगको पूर्वपहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।