राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको विज्ञप्ति: अराजक गतिविधिप्रति कडा आपत्ति

 

काभ्रेपलाञ्चोक — राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला कमिटीले दाङमा भएको उच्छृङ्खल गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले लोकतन्त्रमा आफ्नो विचार राख्ने र राजनीतिक दलप्रति आस्था राख्ने स्वतन्त्रता भए पनि झण्डा जलाउने, पार्टी कार्यालय तोडफोड गर्ने तथा अराजक गतिविधि गर्नु कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बिज्ञापन

जिल्ला कमिटीले यस्ता आपराधिक कार्यको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसमक्ष माग गरेको छ। साथै सम्बन्धित पक्षलाई सार्वजनिक रूपमा माफी माग्दै यस्ता गतिविधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरिएको छ।

संघका जिल्ला अध्यक्ष सिवि तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि दोहोरिए कडा प्रतिवाद गरिने चेतावनीसमेत दिइएको छ।