काभ्रेपलान्चोक – धार्मिक तथा पर्यटकीय क्षेत्र नगरकोटमा प्रवेशद्वार बन्ने भएको छ । काभ्रे र भक्तपुरको सीमा नाकामा बनेपा नगरपालिकाले प्रवेशद्वार बनाउन लागेको हो ।आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको छ ।

उक्त शिलान्यास कार्यक्रमको उप-प्रमुख रेखा सापकोटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, कार्यपालिका सदस्य ईन्दिरा मिजार, उपभोक्ता समितिका अध्यक्ष विनोद घिमिरे र स्थानीयबासिहरूको उपस्थितिमा शिलान्यास गरिएको छ ।    कार्यक्रममा प्रवेशद्वारको निर्माण समयमै गर्ने प्रतिवद्घता गर्दै प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद घिमिरेले निर्माण कार्यका लागि सबै समुदायले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रवेशद्वारका लागि बनेपा नगरपालिकाले हाल १० लाख बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly