
काठमाडौं : राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ। काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रुपैयाँ बराबरको नगद तथा बहुमूल्य गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

कैलालीको गोदावारी नगरपालिका–२ स्थायी घर भएकी ३६ वर्षीया रावल कोठामा नभएको समयमा चोरी भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान सुरु गरेको छ भने संलग्न व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ।
बिज्ञापन





