
काठमाडौं । रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना के.सी. विगत दुई दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएकी प्रेरणादायी महिला अभियन्ता हुनुहुन्छ। रोल्पा जस्तो विकट भूभागमा जन्मिएर हुर्किएकी के.सी. ले समाजका दुःखी, पीडित तथा पिछडिएका वर्गको वास्तविक अवस्था नजिकबाट बुझ्दै सामाजिक सेवाको यात्रा सुरु गर्नुभएको हो।


स्वास्थ्य, शिक्षा, खानेपानी र मानवीय सेवाका क्षेत्रमा उहाँले उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले उहाँले काठमाडौंबाट चिकित्सक टोली लिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ। विशेषगरी ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्यमा १९० पटकभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउन सफल हुनुभएको छ।

स्वास्थ्य सेवासँगै सामाजिक संरचना निर्माणमा पनि उहाँको योगदान उल्लेखनीय छ। रोल्पामा वृद्ध–बृद्धाका लागि वृद्धाश्रम, दाङमा असहाय तथा बेसहारा बालबालिकाका लागि बालआश्रम स्थापना गर्नुका साथै मठ–मन्दिर, पाटी–पौवा, तटबन्ध निर्माण तथा बृद्धाश्रमहरूमा नगदसहित खाद्यान्न सहयोग गर्दै आउनुभएको छ। सप्तरी र रामेछापमा मन्दिर निर्माण तथा संरक्षणमा पनि उहाँको सक्रिय भूमिका रहेको छ।


काम गर्दा भावनाभन्दा योजनामा विश्वास गर्ने अभियन्ताका रूपमा चिनिनुहुने यमुना के.सी. ले कुनै पनि अभियान अघि बढाउनु अघि सरोकारवालासँग परामर्श गर्दै आएको बताइन्छ। करिब १५ वर्षदेखि अभियन्ता राजन थापासँग सहकार्य गर्दै उहाँले सामाजिक अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। यिनै योगदानको कदरस्वरूप उहाँले देशका विभिन्न स्थानबाट सयौँ सम्मान तथा कदरपत्र प्राप्त गरिसक्नुभएको छ।
सामाजिक सेवामा गरेको दीर्घ योगदानकै आधारमा यमुना के.सी. हाल सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ। उहाँको चुनाव चिह्न ‘मुसा’ रहेको छ। स्थानीय स्तरमा उहाँको इमान्दारिता, समर्पण र सेवाभावको व्यापक प्रशंसा हुँदै आएको छ।
एक वृद्ध आमाले “तपाईं त काठमाडौंमै बसेर राजनीति गर्न सक्नुहुन्थ्यो, किन सुनसरी ?” भनी सोध्दा उहाँले दिएको जवाफ अहिले जनस्तरमा चर्चा बन्दै गएको छ।
यस्तो भन्नू हुन्छ यमुना के.सी “काठमाडौंमा धेरै विकास भइसकेको छ, तर सुनसरीमा विकास गर्न अझै धेरै बाँकी छ। जहाँ आवश्यकता बढी छ, त्यहीँबाट म आफ्नो जिम्मेवारी सुरु गर्न चाहन्छु। मैले राजनीति सेवाका लागि रोजेकी हुँ, पदका लागि होइन।”

हालै ॐ समाज डेण्टल अस्पतालद्वारा आयोजित ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा सम्पन्न स्वास्थ्य शिविरमा सहभागी भई उहाँलाई कलाकार, पत्रकार, चिकित्सक तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा उहाँले भन्नुभयो, “यहाँहरूले गर्नुभएको सहयोग र साथले मलाई अझ बढी हौसला मिलेको छ।”
त्यसै दिन यमुना के.सी. तारकेश्वर नगरपालिका–७ स्थित नवजीवन परोपकार समाज पुगेर वृद्ध आमाबुबाबाट आशीर्वाद ग्रहण गर्दै गर्नुभयो। बृद्ध आमाबुबाले भावुक हुँदै उहाँको सफल यात्राको कामना गर्दै बिदाइ गरेका थिए। साथै साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाल पुगेर ५३ जना बालबालिकालाई भेटेर बिदाइ हुने भएको थियो । आमाको संया दिदै बालबालिकाले जितेर आउनुहोस् है आमा भनेका थिए ।
चुनावी प्रतिबद्धताअन्तर्गत यमुना के.सी. ले रामधुरीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी दिने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, महिलाको सहभागिता बढाउने, कृषिमा आधुनिकीकरण र बजारीकरण गर्ने, जेन्जीका माग समाधान गर्ने, विभिन्न जातजातिको धर्म–संस्कृति जगेर्ना गर्ने, शिक्षा–स्वास्थ्य–खानेपानी निःशुल्क गर्ने तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिने स्पष्ट एजेन्डा अघि सार्नुभएको छ।
लामो समयदेखि समाजसेवामा समर्पित यमुना के.सी. लाई स्थानीय स्तरमा सेवाबाट नेतृत्वमा उक्लिएकी उदाहरणीय महिलाका रूपमा हेरिएको छ। अब सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फको उहाँको यात्रालाई जनताले कसरी मूल्यांकन गर्छन् भन्ने विषय सबैको चासोको केन्द्र बनेको छ।


