काभ्रेपलान्चोक – जिल्लाको बेथानचोक गाउँपालिकाको सबै वडाहरुमा ब्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको छ ।
सोमबार बेथानचोक १ च्याम्राङ्बेशीबाट तालिम कार्यक्रमको सुरुवात गरिएको हो ।
गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमि सिर्जना गर्ने उदेश्यका साथ बेथानचोक गाउँपालिका लघु उद्यम बिकास शाखाको आयोजनामा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालीम र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना प्रमुख आतिथ्यता रहेको तालिम कार्यक्रम लघु उद्यम बिकास शाखाकि अम्बिका खरेलले संचालन गरेकी थिइन् । तालिममा उद्यमि बन्न इच्छुक कृषकहरुको उपस्थिती रहेको छ भने तालिम बिहिवारसम्म संचालन हुनेछ । ब्यवसायिक बाख्रा , कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिमपछि नयाँ उद्यमि सिर्जना भइ उद्यमशिलता बढ्ने बिश्वास लिइएको कार्यक्रम संचालिका अम्बिका खरेलले जानकारी दिएकी छिन् ।