वडा नं. ९ को अव्यवस्थित पारिएर पोलमा टागिएका अनावश्यक तारहरु हटाउदै अध्यक्ष बादे

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर ९ को प्राधिकरण चोक देखी पुर्व नगर प्रमुख स्व. रामभक्त कोख श्रेष्ठको घर सम्मको अव्यवस्थित पारिएर पोलमा टागिएका अनावश्यक केबल तारहरु हटाई वडालाई सौन्दर्यकरण गर्ने कार्यको शुरुवात गरिएको छ । 

वडा अध्यक्ष नृपेश वादेको निर्देशन पछाडी सबै अव्यवस्थित तारहरु हटाउदा अध्यक्ष बादेको आफ्नो घरमा रहेको नेट नै गएको बताए । यसरी वडा लाई सफा सुन्दर बनाउन लाग्दा पनि धेरै विवाद गरेकोमा अध्यक्ष बादेले दुखेसो पोखे । वडा लाई सफल सुन्दर बनाउनको लागि यो कदम अगाडि बढाइएको अध्यक्ष वादेले बताए । उक्त कार्यक्रममा वडा सदस्य, स्थानीयहरुको सहभागिता रहेको थियो ।   

बिज्ञापन