काठमाडौं
जेठ १५ ।

आज १८औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भई १८ वर्ष लागेको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले बनेपा नगर कमिटीले बनेपाको गणेश स्थानमा आज दिप प्रज्जवलन गरि गणतन्त्र दिवस मनाउने भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly