कुनै पार्टीमा आवद्ध नरहेको मन्त्री खरेलको स्पष्टोक्ति

# कुनै पार्टीमा आवद्ध नरहेको मन्त्री खरेलको स्पष्टोक्ति
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष २३, २०८२
कुनै पार्टीमा आवद्ध नरहेको मन्त्री खरेलको स्पष्टोक्ति

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारेका हुन ।

आफ्ना बारेमा बिभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए । मन्त्री खरेलले आफु र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा व्यक्त गरे । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरेका थिए ।

बिज्ञापन

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up