भक्तपुरमा प्रथम ईन्टर्‍याक्ट जोनल कन्फ्ररेन्स सम्पन्न भएको छ । जोन ७, ईन्टर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ द्वारा आयोजित प्रथम ईन्ट¥याक्ट जोनल कन्फ्रेन्समा काभ्रेपलाञ्चोक र भक्तपुर जिल्ला गरी १२ वटा ईन्टर्‍याक्ट क्लब का ७० जना सदस्य भेला भएको कार्यक्रम भक्तपुरको स्थित सिद्धिस्मृति फाउन्डेसनको सभा हलमा सम्पन्न भएको थियो ।

कार्यक्रम डि.आई.सि.सि, रोटरियन अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । उक्त जोनल कन्फ्ररेन्स कार्यक्रमा रोटरियन आरधना श्रेष्ठद्वारा “बेटर योर सेल्फ” विषयमा तालिम प्रदान गएिको थियो । तालिममा युवाहरुको आन्तरिक तथा बाह्य प्रतिभाहरुको प्रष्पपुटन हुने तथा आइपर्न सक्ने समस्याहरुको मुकाविला कसरी गर्ने भन्ने कुरा सिकाइएको ईन्टर्‍याक्टर अनमोल सिलवालले जानकारी दिनुभयो । ईन्टर्‍याक्टर सिलवालका अनुसार जोनल कन्फ्ररेन्समा ७० जना १३ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमले विद्यार्थीहरुमा वौद्धिक क्षमता, आत्मबलको विकास, समूह कार्य (टिमवर्क) आदि भावनाको विकास हुने सिलवालले बताउनुभयो ।

कार्यक्रममा को.डि.आई.सि.सि रोटरियन गणेशहरि प्रजापती, डि.आई.आर. ईन्टर्‍याक्टर बिपिन सुबेदी, जेट.आई.आर. ईन्टर्‍याक्ट रोज कर्मचार्य, सि.एस.सि.एच ईन्टर्‍याक्टर सुबिन प्रधान, जि.एस.एस.सि, ईन्टर्‍याक्टर सम्राट प्रजापती लगायत जोनल अफिसियल ईन्टर्‍याक्टर जया मगराती, ईन्टर्‍याक्टर सिम्रन के.सी, ईन्टर्‍याक्टर अनमोल सिलवाल, र ईन्टर्‍याक्टर निखिल प्रजापती लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly