काभ्रेपलान्चोक – आज शुक्रबार तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।