

काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने महान् उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस प्रतिष्ठित प्रतियोगिताले बालबालिकामा लुकेका अद्वितीय प्रतिभालाई उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेख्य वृद्धि गरेको छ ।


प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताहरूले आफ्नो जादुमयी प्रदर्शनका साथ निर्णायक मण्डल र उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारे । बाल प्रतिस्पर्धीहरूको उत्साह र प्रस्तुतिले कार्यक्रम हलमा ऊर्जाको सञ्चार गराएको थियो ।

यस वर्षका मुख्य विजेताहरूका रूपमा जुनियर गर्ल्सतर्फ आभ्या ढकाल, सिनियर ब्वाइजतर्फ जोसेफ राई र सिनियर गर्ल्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को प्रतिष्ठित उपाधि हात पारेका छन् । उनीहरूले आफ्नो अद्वितीय प्रस्तुति र कलाले सबैको मन जित्न सफल भए ।

अन्य उपाधि विजेताहरू:
-
फस्ट रनरअप:
-
जुनियर गर्ल्स: ताशी लामु शेर्पा
-
सिनियर गर्ल्स: आयुषी काफ्ले
-
सिनियर ब्वाइज: उर्गेन दॊर्जे लामा
-
-
सेकेण्ड रनरअप:
-
जुनियर गर्ल्स: रुहारिका श्रेष्ठ
-
सिनियर ब्वाइज: कियान जंग कार्की
-
सिनियर गर्ल्स: सिपोरा सुनुवार
-
-
थर्ड रनरअप:
-
जुनियर गर्ल्स: समृद्धि तामाङ
-
सिनियर ब्वाइज: रितेज तामाङ
-
सिनियर गर्ल्स: तिमिला श्रेष्ठ
-
-
फोर्थ रनरअप:
-
जुनियर गर्ल्स: जयश्री पुडासैनी
-
सिनियर गर्ल्स: रुविशा थापा
-
विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा पुरस्कृत गरिएको थियो, जसले उनीहरूको हौसलालाई थप बढाएको छ ।
यस वर्षको प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन नेपालका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकका रूपमा संलग्न थिए । निर्णायक मण्डलमा ब्युटिफुल माइन्ड्स प्रि-स्कुलकी संस्थापक प्रिन्सिपल नीलिमा मास्के श्रेष्ठ, वरिष्ठ मिडियाकर्मी लभ कार्की, सफल व्यापार उद्यमी पाबिना खड्का, सीजी-लर्निङका प्रमुख ब्रान्डिङ, पार्टनरसिप र रणनीतिक अधिकारी शिरिष रत्न तुलाधर, काठमाडौँ वर्ल्ड स्कुलका वरिष्ठ स्कुल को-अर्डिनेटर प्रणब जोशी, ड्याफोडिल पब्लिक स्कुलकी स्कुल सुपरभाइजर तरला शेर्पा र न्युज दैनिकका सम्पादक कल्पना शर्मा रहेका थिए । उनीहरूको गहन मूल्यांकन र विशेषज्ञताले प्रतियोगिताको गरिमालाई थप उचाइमा पुर्याएको थियो ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मूल उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउनु रहेको बताए । फैजुले भने, ‘यस प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
प्रतियोगिताको कोरियोग्राफी पनि राज फैजुले नै गरेका थिए भने आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ हरेक वर्ष बालबालिकाका लागि एउटा रचनात्मक, प्रेरणादायी र सशक्त मञ्च बन्दै आएको छ । यसले नेपाली बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र उज्ज्वल भविष्यका लागि तयार हुन प्रोत्साहन गरिरहेको छ ।